यस्तो छ बलियो ताजिकिस्तानलाई उसकै घरमा हराउँने नेपालको तयारी ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी २३ वर्ष मुनिको एसिया कप छनोटमा नेपालले कमजोर शुरुआत गरेको थियो । नेपाल पहिलो खेलमै बलियो प्रतिद्धन्द्धी ईरानसँग ४÷० ले पराजित भयो ।

नेपालले दोस्रो खेल आयोजक ताजिकिस्तानसँग बिहीबार र अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ । यी खेलहरु अगाडि नेपाली टिमले ताजिकिस्तानमा अभ्यास गरिरहेको छ ।

छनोट अन्तर्गत समुह बी मा नेपालसँगै ताजिकिस्तान, इरान र लेबनान छन् । छनोटमा सहभागी ४१ टोलीलाई ११ समुहमा विभाजन गरिएको छ । प्रत्येक समुहका शीर्ष टोली र उत्कृष्ट ५ उपविजेता गरि १६ टोलीले एसिया कपमा स्थान बनाउने छन् ।

नेपाली टोलीः

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0