आईसिसीको नयाँ बरियता ! बिश्वकप खेल्ने स्कटल्याण्ड नामिबिया र आयरल्याण्ड भन्दा नेपाल माथि

क्रिकेट

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरूषतर्फ नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले आज (सोमबार) सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । १३औं स्थानमा रहेको स्कटल्यान्ड १४औं स्थानमा झरेको छ । १०औं स्थानमा रहेको आयरल्यान्ड १२औं स्थानमा झरेको छ ।

वरीयतामा १५औं मा नामिबिया, १६ औं मा युएई, १७ औं मा ओमान, १८ औं मा नेदरल्याण्ड छन्। आईसीसीको नयाँ वरीयता अनुसार इग्ल्यान्ड शीर्ष स्थानमा यथावत छ । पाकिस्तान दोस्रो स्थानमा हुँदा भारत तेस्रो स्थानमा छ । न्युजिल्यान्ड चौथो स्थानमा रहँदा दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0