टि–२० विश्वकप छनोटमा नेपालको पहिलो खेल हङकङसँग खेल्ने

क्रिकेट

काठमाडाैं । आइसिसी महिला टि–२० विश्वकप एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । नोभेम्बर २२ मा हुने छनोटको उद्घाटन खेलमा आयोजक युएईले मलेसियाको सामना गर्नेछ ।

नेपालले नोभम्बर २२मा हङकङसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । उसले आफ्नो दोस्रो खेल नोभेम्बर २३मा भुटानसँग खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेल नोभेम्बर २५मा कुवेत, चौथो खेल नोभम्बर २६मा मलेसिया र पाँचौँ तथा अन्तिम खेल नोभेम्बर २८मा युएईसँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0