सबै खेल जित्दै पाकिस्तान बिश्वकपको सेमिफाईनलमा, पुन: चम्किए बावर आजम

क्रिकेट

काठमाडौं : आईसीसी टी २० विश्वकप २०२१ मा अपराजित रहँदै सेमिफाइनलमा पुग्ने एकमात्र टोली बनेको छ पाकिस्तान। लिग चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई हराएसँगै पाकिस्तानले समूह ‘दुई’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो। स्कटल्यान्डका लागि रिची वेरिङ्टनले ३७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित अविजित ५४ रन जोडे ।

जर्ज मुन्सेले १७ र माइकल लेक्सले १४ रनको योगदान दिँदा अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानका शाडब खानले दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी, हारिस रौफ र असन अलीको नाममा एक एक विकेट रह्यो ।

यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले ब्याटिङ थालेको पाकिस्तानले निर्धारित चार विकेट गुमाएर १८९ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ६६ रन तथा शोएब मल्लिकले अविजित ५४ रन बनाए।

बाबरको टि-२० आई करिअरको २४ औं अर्धशतक हो । जारी विश्वकपमा बाबरको पाँच खेलमा चार वटा अर्धशतक बनाए। टि२० एकै विश्वकपमा यस अघि चार अर्धशतक भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले २०१४ र अष्ट्रेलिया ओपनर म्याथ्यु हेडेनले २००७ मा प्रहार गरेका थिए।

मलिकले १८ बलमा एक चौका र ६ छक्कासहित अविजित ५४ रन बनाए । यी दुई जनाबाहेक मोहम्मद हफिजले ३१ रन बनाए । ओपनर मोहम्मद रिजवानले १५ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले २ तथा हम्जा ताहिर र सफ्यान सरिफले १–१ विकेट हात पारे ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0