टी-२० विश्वकपको सेमिफाइनल समिकरण पुरा, कुन कुन देश कहिले भिड्दैछन् ?

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : युएईमा जारी सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ। समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।

सुपर-१२ चरणमा लगातार पाँचौं जित दर्ता गर्दै पाकिस्तान समूह ‘२’ को विजेताको रूपमा टी-२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ। न्युजिल्यान्ड समूह ‘२’ को उपविजेताको रूपमा सेमीफाइनल पुग्यो।

यस्तै समूह १ बाट इङ्ल्याण्ड समूह विजेता र अष्ट्रेलिया उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन्। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पुरा भएको हो। पहिलो सेमिफाइनलमा समूह ‘१’ को विजेता इंग्ल्यान्डले समूह ‘२’ को उपविजेता न्युजिल्यान्डसँग बुधबार अबुधाबीमा प्रतिस्पर्धा गर्नेछ।

यस्तै दोस्रो सेमिफाइनलमा समूह २ को विजेता पाकिस्तान र समूह ‘१’ को उपविजेता अस्ट्रेलिया बिहिबार दुबईमा प्रतिस्पर्धा गर्नेछन्।
फाइनल खेल आगामी आइतबार दुबईमा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0