लज्जास्पद हारपछि म्यानचेस्टरका प्रशिक्षक ओले बर्खास्त

फुटबल

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गुनार सोलस्करलाई बर्खास्त गरेको छ । गएराती वाटफोर्डसँगको ४-१ गोल अन्तरको लज्जास्पद हारपछि बसेको क्लबको बोर्डको आपतकालीन बैठकले प्रशिक्षक सोल्स्करलाई हटाउने निर्णय गरेको थियो । युनाइटेडले आधिकारिक रुपमा सोल्स्करलाई बर्खास्त गरेको जानकारी दिएको छ । युनाइटेडले ओले क्लबका लिजेण्ड भएको उल्लेख गर्दै प्रशिक्षकको रुपमा उनले निकै मिहिनेत गरेको बताएको छ ।

साथै युनाइटेडले माइकल क्यारिकले टिमको तत्कालको नेतृत्व गर्ने बताएको छ । साथै क्लबले यस सिजनका लागि अन्तरिम प्रशिक्षक नियुक्त गर्ने उल्लेख गरेको छ । युनाइटेडको बोर्डले ५ घण्टासम्म बसेको बैठकपछि सोल्स्करलाई हटाउने सिफारिस गरेको थियो । प्रिमियर लिगमा यस सिजनमा पाँचौ हार बेहोरेको युनाइटेडले रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई प्रशिक्षक बनाउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

२०१८ को डिसेम्बरमा युनाइटेडको प्रशिक्षक बनेका सोल्स्करले युनाइटेडका लागि १६८ खेल खेल्दै ९१ जित, ३७ बराबरी र ४० खेलमा हार बेहोरेका छन् । प्रशिक्षकको रुपमा सोल्स्करको नेतृत्वमा युनाइटेडले प्रिमियर लिग उपाधि जित्न सकेन भने युरोपा लिगको २०२०-२१ को उपविजेता सम्म बनेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0