न्युक्यासलमाथि आर्सनलको सहज जित

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्युक्यासलमाथि २-० को सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले लिगमा सातौं जित निकालेको हो।

पहिलो हाफमा बराबरीमा रोकिएको आर्सनलले दोस्रो हाफमा २ गोल हान्न सफल भयो । आर्सनलका लागि बुकायो सकाले ५६औं मिनेटमा र गाब्रियल मार्टिनेलिले ६६औं मिनेटमा गोल गरेका थिए । जितपछि आर्सनलको चौथो स्थानको वेस्टह्याम समान २३ अंक भए पनि पाँचौ स्थानमा कायम छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0