वोल्भ्समाथि म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित

फुटबल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि जित हासिल गरेको छ । म्यानचेस्टर सिटीले वोल्भ्समाथि १-० गोल अन्तरले जित हासिल गरेको हो ।

सिटीको जितमा खेलको ६६औ मिनेटमा रहिम स्टरलिङले पेनाल्टीमार्फत गोल गरेको गोल नै निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ४७औ मिनेटमा वोल्भ्सका राउल जिमेनेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि सिटीको १६ खेलमा ३८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै वोल्भ्सको १५ खेलमा २१ अंक रहेको छ र लिगमा आठौ स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0