सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फको उपाधि श्रीलंकाले जित्यो, नेपाल चौथो

भलिबल

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो । तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा हारेपछि नेपाल चौथो स्थानमा समेटियो ।

यसैगरी, सेन्ट्रल जोन भलिबलको महिलातर्फको उपाधि नेपालले जितेको छ । बंगलादेशको ढाकामा हिजै भएको फाइनल खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको हो ।

नेपाल लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।डिसेम्वर २३ बाट ढाकामा सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ५ र महिलामा ६ राष्ट्रको सहभागिता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0