एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक बराबरी

फुटबल

काठमाडौं : इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ।भिल्लाको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिएको हो।

खेलमा २–० ले पछि परेको एस्टन भिल्लाले उत्कृष्ट कमब्याक गर्दै बराबरी गरेको थियो। भिल्लाका लागि ज्याकब रामसी र फिलिप कौटिन्होले एक÷एक गोल गरेका थिए।

अघिल्लो सातामात्र बार्सिलोनाबाट भिल्लामा आएका कौटिन्होले आफ्नो पहिलो खेलमा नै गोल गरेर सुखद सुरुवात गरेका छन्। खेलको ६८औ मिनेटमा सब्सिच्युटको रुपमा मैदान छिरेका उनले खेलको ८१औं मिनेटमा गोल गरेका थिए। यस अघि ७७औं मिनेटमा रामसीले भिल्लाका लागि पहिलो गोल गरेका थिए ।

त्यस्तै युनाइटेडका लागि दुवै गोल ब्रुनो फेर्नानडेजले गरेका थिए। उनले खेलको छैटौ र ६७औं मिनेटमा गोल गरेका थिए। यो बराबरीसँगै म्यानचेस्टर युनाइटेडको २० खेलमा ३२ अंक जोडेर लिगमा सातौं स्थानमा रहेको छ। त्यस्तै २० खेलबाट २३ अंक जोडेको एस्टन भिल्ला लिगको १३औं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0