कतारमा आठ महिनाको उपचारपछि स्वदेश फर्किदै नेपाली गोल मेसिन साम्बा

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) करिब आठ महिनाको उपचार पछि मंगलबार स्वदेश फर्किँदैछिन् । एपीएफ क्लबबाट घरेलु लिग खेलिरहेकी साबित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएपछि उपचारका लागि कतार गएकी थिइन् ।

खेलको ६९औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किदा साम्बाको घुँडामा गम्भिर चोट लागेको थियो । दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो । उनकाे उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो ।

चोटका कारण लिगका अन्तिम दुई खेल गुमाएकी साबित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन् । महिला लिगमा अपराजित रहँदै उपाधि जितेको एपिएफबाट उनले १० खेलमा ४३ गोल गरेकी थिइन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
12
+1
0
+1
0
+1
0
+1
0
+1
0