पुबुदु दासानायके भन्छन् : ‘नेपाली टिम बलियो छ, बिश्वकप खेल्ने संम्भावना धेरै छ’ (भिडियो हेर्नुस्)

क्रिकेट

काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजना अनुसार प्रदर्शन भइरहेको बताए ।

‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने ।

यता, कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन् । ‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं । खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो ।’ २१ वर्षीय सन्दीपले भने । नेपालले प्रतियोगितामा भोलि (बिहीबार) घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ । खेल नेपाली समय अनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे शुरू हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged