क्यानडालाई हराउँदै नेपाल टि-२० बिश्वकपको एकदमै नजिक

क्रिकेट

काठमाडौं : नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ। नेपाल समूह-१ को विजेता भन्दै अन्तिम चारमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएई सोमबार नै समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान भोलि नै भिड्नेछन्।

अब सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले पछिल्लो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। नेपालले समूहमा लगातार तेस्रो जित निकाल्ने क्रममा सोमबार क्यानडालाई ८ विकेटले पराजित गर्‍यो।

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले नटआउट ३४ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन जोडे। नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्ल गोल्डेन डकआउट भएका थिए।

त्यसअघि ओमानको अल अमेरतमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा अलआउट भयो। क्यानडाविरूद्ध नेपाली बलरले धारिलो बलिङ गरेका थिए। नेपालले पहिलो ओभरमै विकेट लिएको थियो। कमलसिंह ऐरीले पाँचौ बलमा म्याथ्यु स्पूर्सलाई शून्यमा आउट गरे। चौथो ओभरमा क्यानडाका कप्तान नवनीत धलिवाल १८ रनमा कमलले नै आउट गरेका थिए।

अर्को ओभरमा ओपनर रायन पठान १४ रनमा रनआउट भए। उनलाई कमलसिंह ऐरीले अभिनास बोहराबाट रनआउट गराएका थिए। रविन्दरपाल सिंहलाई अभिनासले छेटौं ओभरमा आउट गरे भने सातौं ओभरमा सन्दीप लामिछानेले हम्जा तारिकलाई १ रनमा एलबिडल्लूको धरापमा पारे। नवौं ओभरमा करिम सनालाई पनि सन्दीपले १ रन कुशल मल्लबाट क्याच गराए। दशौं ओभरमा कुशलले हर्ष थकरलाई २ रनमा एलबिब्लूको धरापमा पारे।

कप्तान सन्दीपले व्यक्तिगत ३ विकेट लिने क्रममा एघारौं ओभरमा जुनइद सिद्धिकीलाई २ रनमा आरिफ शेखबाट क्याच गराए। अभिनासले अन्तिम विकेटको रुपमा सलमान नजरलाई १० रनमा आउट गरे। क्यानडाका लागि डिलोन हेलिगरले सबैभन्दा बढी नटआउट २४ रन जोडे। बलिङमा नेपालका सन्दीपले ३ विकेट लिँदा कमलसिंह ऐरी र अभिनास बोहरीले २-२ विकेट हात पारे। कुशल मल्लले १ विकेट लिँदा नेपालले २ रनआउट गरेको थियो। सन्दीपले चार ओभरमा १२ रन दिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0