८ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

क्रिकेट

काठमाडौं : आइसिसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग पराजित भएपछि नेपालको ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। नेपाललाई मंगलबार ओमानमा भएको विश्वकप छनोटको सेमिफाइनलमा युएईले ६८ रनले पराजित गर्‍यो।

यूएईले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ सय ७ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन बनाए । आरिफ शेखले ११ रन बनाउँदा अरू कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि अहमद राजाले ५ विकेट तथा जुनैद सिद्धिकीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । यूएईका लागि मोहम वसिमले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सर्वाधिक ७० रन बनाए । त्यस्तै, भ्रित्य अरभिन्दले पनि ४६ रनको योगदान दिए भने मोहमद उसमानले १७ रन बनाए ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए । कप्तान सन्दीप लामिछानले १ विकेट लिए । जितसँगै युएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
3
+1
1