श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा, को को परे ? हेर्नुस्

क्रिकेट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि श्रीलंका जाने नेपाली टिम घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो। नेपाली टिम आगामी शनिबार श्रीलंका जानेछ। त्यहाँ पहिलो श्रेणीको टिमसँग चार वटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ। नेपाली टिम श्रीलंकाबाटै १४ मार्चमा युएई जानेछ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।

टिम अफिसिल्यस : कैलश विष्ट – म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर)

श्रीलंकामा एक हप्ताको बसाईपछि मार्च १३ मा युएई पुग्नेछ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले उक्त अभ्यास खेल खेल्ने वातावरण मिलाएको बताइएको छ । नेपाली टोली युएई भ्रमणको लागि २० सदस्य खेलाडी बन्द प्रशिक्षणमा छन् । युएई भ्रमणमा १६ सदस्य खेलाडी जानेछन् ।

विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ । त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टी २० आई त्रिकोणात्मक सिरिज खेल्नेछ । पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो । गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0