हालान्डलाई भित्र्याउने तयारीमा म्यानचेस्टर सिटी

फुटबल

काठमाडौं : म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।

डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ । खेलाडीको एजेन्टको शुल्कका साथै साइन-अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना छ।

बार्सिलोना र पेरिस सेन्ट-जर्मेनले पनि उनीबारे चासो देखाउँदै छ तर सिटीको सबैभन्दा महत्त्वपूर्ण प्रतिद्वन्द्वी रियल म्याड्रिड हो, जसले गोल मेसिनको हस्ताक्षरको लागि अन्तिम संघर्ष जारी राख्नेछ। हालान्डले बुन्डेसलिगा टोलीका लागि ७९ खेलमा ८० गोल गरेका छन् र करियरमा १९० खेलबाट १४९ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0