मेस्सीले जित्दा विवाद भएपछि बालोन डी’ओरको नियम परिवर्तन, अब सिजनको उत्कृष्टलाई अवार्ड

फुटबल

काठमाडौं :  विश्वका सर्वोत्कृष्ट पुरुष र महिला फुटबलरलाई दिइने बालोन डी’ओर अवार्ड अब क्यालेन्डर वर्षमा नभई एक सिजनको प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने भएको छ । प्रतिष्ठित अवार्डको आयोजक फ्रान्स फुटबल म्यागजिनले निर्णायकहरूको सङ्ख्या पनि घटाउने निर्णय गरेको छ।

पुरुष अवार्डका लागि १ सय ७० पत्रकारको प्यानल छनोट गरिनेछ भने महिला प्यानलमा ५० जना निर्णायक रहनेछन् । फ्रान्स फुटबलका पास्कल फेरेले भने, “हामीले यसअघि दुई आधा सिजनको आधारमा निर्णय गर्थ्यौँ । अब यो स्पष्ट हुनेछ।” यो नयाँ प्रेरणा दिने अवसर भएको फ्रान्स फुटबल सम्पादकले थपे ।

सन् २०२१ मा बालोन डी’ओर विजेताको रूपमा पेरिस सेन्ट-जर्मेन स्ट्राइकर लियोनल मेस्सीको छनोट भएपछि आलोचना भएको थियो । विश्वभरबाट बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की उक्त सम्मानको असली हकदार भएको आवाज उठेको थियो । सो आलोचनापछि परिवर्तनहरू घोषणा गरिएको हो ।

मेस्सीले कीर्तिमानी सातौँ पटक प्रख्यात ट्रफी जितेका थिए । तर दोस्रो स्थानमा रहेका लेवान्डोस्कीले २०२०-२१ सिजनमा ४१ बुन्डेसलिगा गोल गरेका थिए किनभने उनले बायर्नलाई लगातार नवौँ लिग उपाधि जिताउन मद्दत गरेका थिए। अर्को बालोन डी ओर अवार्ड सन् २०२२ को सेप्टेम्बर वा अक्टोबरमा आयोजना गरिने बताइएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0