ओसासुनामाथि शानदार जीतसँगै तेस्रो स्थानमा उक्लियो बार्सा

फुटबल

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । आज बिहान क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले ओसासुनामाथि ४–० को जित हासिल गरेको हो । घरेलु टोलीलाई जित दिलाउन पेरान टोरेसले २ तथा इमरिक औवामियाङ र रिकी पुचले १–१ गोल गरे । १४ औं मिनेटमा टोरेसको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

पाब्लो गाभीमाथि नाँचो भिडालले फउल गरेपछि पाएको पेनाल्टी अवसरमा टोरेस चुकेनन् । २१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० ले अघि बढाए । उनले ओसामाने डेम्वेलेको पासलाई सदुपयोग गरेका थिए ।

२७ औं मिनेटमा डेम्वेलेकै पासमा औवामियाङले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लियो । ७५ औं मिनेटमा परिवर्तित खेलाडी पुचले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

७३ औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका पुच मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्न सफल भए । यो जितसँगै २७ खेलमा ५१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लिँदा पराजित ओसासुना २८ खेलबाट ३५ अंकका साथ ११ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0