एथ्लेटिकोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट रित्तो हात बाहिरियो युनाइटेड

फुटबल

काठमाडौं । एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २-१ गोलअन्तरले विजयी बन्यो ।

पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि संघर्ष गर्ने विकल्प मात्र बाँकी रहेको छ । खेलमा युनाइटेडले लामो समय, विशेष गरेर दोस्रो हाफ, मा नियन्त्रण बनाए पनि एथ्लेटिकोको डिफेन्सलाई चिर्न सकेनन् ।

उता बेन्फिकाले पनि आयाक्सलाई उसैको घरेलु मैदानमा १-० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । दुई लेगमा समग्रमा बेनफिका ३-२ गोलले विजयी बनेको हो । बेनफिकाका लागि डार्विन नुनेजले निर्णायक गोल गरे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0