नेपाल र मरिससको दोस्रो मैत्रिपूर्ण फुटबल खेल आज, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत शनिबार भएको पहिलो खेलमा मरिससलाई १–० ले हराएको नेपाल आज दोस्रो खेलमा पनि त्यही लय दोहो¥याउन चाहन्छ । तर मरिसस पनि आजको खेल जित्दै दुई खेलको मैत्रिपूर्ण श्रृंखला बराबरी गर्न चाहन्छ ।

आजको खेलको लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीलाई हटाईएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उनीहरुको ठाउँमा दर्शन गुरुङ र मनिष डाँगीलाई टिममा समावेश गरेका छन् ।

अलमुताइरीले मरिससविरुद्धको दोस्रो खेलका लागि घोषणा गरेको २३ सदस्यीय टोलीमा दुई परिवर्तन गरेका हुन् । पहिलो खेलमा विमल घर्ती मगर, जगजित श्रेष्ठ र देवेन्द्र तामाङले राष्ट्रिय टिममा पुनरागमन गर्दा सुदिप गुरुङ र आकाश बुढा मगरले डेब्यु गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1