दीपेन्द्रकाे शतकमा नेपालले मलेसियालाई दियाे २२४ रनकाे लक्ष्य, यो जित कसको ?

क्रिकेट

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई २ सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २३ रन बनायो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले शतकीय र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ऐरीले ५७ बलमा १० चौका र ६ छक्काको मद्दतले १ सय १० रन बनाउँदा पौडेलले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए । अदिल खान १४ रनमा आउट हुँदा आशिफ शेखले २ रन बनाए ।

बलिङतर्फ मलेसियाका मोहम्मद आमिर, मोहम्मद वफिक, पवनदीप सिंह र स्यान्ज्रुल इद्रुसले समान एक–एक विकेट लिए । मलेसियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0