द हन्ड्रेडमा बिकेनन् नेपाली कप्तान सन्दीप लामिछाने

क्रिकेट

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् । सन्दीप दी हन्ड्रेड क्रिकेटको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । उनलाई कुनै पनि टिमले बोली लगाएनन् ।

लण्डनमा मंगलबार आयोजित ड्राफ्टमा सन्दीपलाई कुनैपनि टोली किन्न मानेनन् । गत सिजन भने सन्दीप ओभल इन्भिन्सिबलमा आवद्ध थिए । सन्दीप भिसाको समस्याका कारण प्रतियोगिता खेल्न गएनन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged