करिम बेन्जेमाको ह्याट्रिकमा चेल्सीमाथि रियलको शानदार जित

फुटबल

काठमाडौं : रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित निकालेको छ। फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकको मद्दतमा रियलले साविक विजेता इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो।

घरेलु टोली चेल्सीविरुद्ध खेलको सुरुवातदेखि नै पकड बनाएको रियललको २१औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो। उनले भिनिसियस जुनियरको पासमा गोल गरेका थिए। खेलको २४औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे।

खेलको ४०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। उनले जर्गिन्होको पासमा गोल गरेका थिए। दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पुरा गर्दै रियललाई ३–१ ले अघि बढाए। बेन्जेमाले यो सिजनको च्याम्पियन्स लिगमा ११ गोल गरिसकेका छन्।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ। आगामी खेलमा २–० को हारले पनि रियल अघि बढ्नेछ। चेल्सीलाई सेमिफाइनल पुग्न कम्तीमा पनि ३–० को जितको खाँचो छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0