जिम्बाबेसँगको खेलका लागि नेपाली टोलीको घोषणा, ज्ञानेन्द्र मल्लले पाएनन् मौका

समाचार

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेको छ । सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरेका छन् ।

यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । टोलीमा ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने परेका छैनन् । नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेल हुनेछ । १७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।

यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ । जिम्बाबे एले नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेको छ । जिम्बाबे ए टोली अप्रिल २८ मा नेपाल आउनेछ ।

जिम्बाबे ‘ए’ सँग सिरिज खेल्ने नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहितकुमार पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सरार्फ, अविनाश बोहरा, बसिर अहमद, लोकेश बम, सुनिल धमला, विवेक यादव, साहब आलम, सागर ढकाल र बिक्रम सोब ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2