एपिएफलाई हराउँदै पुलिस जित्यो महिला गोल्डकपको उपाधी

फुटबल

कैलाली : नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा भएको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाईनलमा विभागीय नेपाल एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो।

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो। फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन्। उनी फाईनलको प्लेयर अफ द म्याच पनि भईन्। उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भईन्। उनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन्। प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो। पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए।

एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भईन्। उनीहरुले जनही १० हजार सहित ट्रफी पाएका छन्। विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीच पुरस्कार वितरण गरिएको छ। वनदेवी युवा क्लबा अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घवहादुर सोडारी रहेका थिए।

विजयी खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, ओलम्पियन दिपक विष्ट लगायतले पुरस्कार वितरण गरे। वैशाख ०३ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0