एसिया कप : पाकिस्तानमाथि भारतको हम्मेहम्मे जित

क्रिकेट

काठमाडौँ । एशिया कप अन्तर्गत भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । पाकिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा विराट कोहलीले ३५, रविन्द्र जेडेजाले ३५, हार्दिक पाण्डेयले अविजित ३३ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले १८ र रोहित शर्माले १२ रन बनाएका थिए ।

पाकिस्तानका बलर नसीन शाहले २ विकेट लिएका थिए भने मोहमद नवाजले ३ विकेट लिएका थिए । यसअघि पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्बाधिक ४३ रन बनाए भने इफ्तिखार अहमदले २८ रन बनाएका थिए । त्यस्तै शाहनवाज दहानीले १६ रन बनाए भनर हरिस राउफले अविजित १३ रन बनाए ।

त्यस्तै कप्तान बाबर आजम, फाखर जमान र षडाब खानले १०-१० रन बनाएका थिए । त्यसैगरी भारतका बलर भुवनेश्वर कुमारले सर्बाधिक ४ विकेट लिएका थिए । भुवनेश्वर कुमारले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए ।

त्यस्तै हार्दिक पाण्डेयले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिएका थिए भने अर्शदीप सिंहले २ विकेट लिए । त्यस्तै अभेश खानले एक विकेट लिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0