पेनाल्टी गोलमा गर्दै पिएसजीलाई नेइमारले हारबाट जोगाए

फुटबल

काठमाडौं : पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा नै बराबरीमा रोकिएको छ । आइतबार लिग वानमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो ।

नेयमारले खेलको ७० औँ मिनेटमा पोनाल्टीबाट गोल गर्दै टोलीलाई हारबाट जोगाए । पाँच खेलमा उनको आठौँ गोल थियो । यसअघि केभिन भोलान्डले मानाकोलाई खेलको २० औँ मिनेटमा अग्रता दिलाएका थिए ।

साबिक विजेता पीएसजी १० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । मार्से र रेसिङ लेन्ससँग उसको अंक बराबर रहेको छ । आइतबारकै खेलमा एलेक्सिस सान्चेजको दुई गोलको मद्दतले मार्सेले निसलाई ३-१ गोलअन्तरले हराएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0