नेपाल आउनु अगाडि अमेरिकाको फ्लोरिडा थिए सन्दीप

समाचार

काठमाडौ । करिब एक महिनाअघि बलात्कार अभियोग लागेका सन्दीप लामिछाने तत्कालीन समयमा क्यारेबियन प्रिमियर लिगका लागि जमैकामा थिए। तर उनी त्यहाँ पुगेलगत्तै बलात्कारको आरोप लागे पनि तत्काल नेपाल भने फर्किएनन्। यो बीचमा प्रहरीले लामिछाने नफर्किएपछि इन्टरपोलमार्फत सूचना जारी गरेको थियो।

गत २३ भदौमा उनलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै सन्दीपले २४ भदौमा समाजिक सञ्जाल फेसबुकमा पहिलो स्टाटस लेख्दै आफूलाई फसाइएको र त्यसविरुद्ध कानुनी लडाइँ लड्ने बताएका थिए। उनले सिपिएल छाडेर केही दिनमा स्वदेश फर्किने उल्लेख गरेका थिए।

उनले ९ असोजमा आफ्नो स्वास्थ्यमा समस्याका कारण आउनमा ढिलाइ भएको भन्दै अर्को स्टाटस लेखेका थिए। उनले मानसिक रुपमा आफु अस्वस्थ भएको भन्दै आफूलाई आइसोलेसन राखेको र आफू गम्भीर षड्यन्त्रको सिकार भएको उल्लेख गर्दै नेपाल फर्किने तरखरमा रहेको बताएका थिए। पछिल्लो पटक उनले १५ असोजमा आफू २० गते नेपाल फर्किन लागेको बताउँदै आफू निर्दोष रहेको र कानुनी लडाइँ लड्ने बताएका थिए।

करिब एक महिनापछि बिहीबार नेपाल फर्किएका सन्दीप यसअघि अमेरिकाको फ्लोरिडामा थिए। उनी त्यहीँबाट टेक्सास, दोहा हुँदै कतार एयरवेजको विमानबाट नेपाल फर्किएका हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged