साफ यू – १५ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल बंगलादेशसँग भिड्दै

फुटबल

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बंगलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने छ ।

नेपाल बंगलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि चुम्न चाहन्छ । त्यस्तै बंगलादेशले पनि यही प्रतियोगितामा व्यहोरेको हारलाई आफ्नै मैदानमा बदला लिँदै उपाधि चुम्ने लक्ष्यमा छ ।

यही प्रतियोगितामा नेपालले यसअघि बंगलादेशलाई ० का बिरुद्ध १ गोलले पराजित गरेको थियो । खेल नतिजाका आधारमा नेपाललाई जितका लागि केही सहज भने रहेको छ । यद्यपि प्रदर्शनका आधारमा भने नेपाललाई जितका लागि सहज छैन।

उपाधि जित्नका लागि नेपालले बंगलादेशसँग बराबरी खेले पुग्छ । तर नेपालले यसअघि भूटानसँगको दोस्रो खेलमा १–० को गोलान्तरले मात्रै पराजित गर्न सक्यो । जबकी पहिलो खेलमा नेपालले भूटानलाई ७–० ले पराजित गर्न सफल भएको थियो ।

खेल प्रदर्शनका आधारमा नेपालभन्दा बंगलादेश बलियो रहेको छ । यद्यपि नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0