अलमुताइरी भन्छन् : ‘श्रीलंकाविरूद्ध जितका लागि खेल्छौं’

फुटबल

काठमाडौ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भोलि सोमबार श्रीलंकाविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ। खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितका लागि खेल्ने बताएका छन्।

‘श्रीलंकाविरुद्धको खेल अझ गाह्रो हुनेछ । हामीले कुनै पनि हालतमा श्रीलंकालाई सजिलो लिने छैनौं,’ अलमुताइरीले भने। ‘श्रीलंका बलियो टिम हो। बंगलादेशविरुद्ध पनि उनीहरूले राम्रो खेलेका थिए,’ उनले भने, ‘हामीले भोलिको खेल जित्नु पर्छ।’

माल्दिभ्ससँगको जितपछि हौसिएका नेपाली समर्थकले श्रीलंकालाई फराकिलो अन्तरमा हराउनुपर्ने माग गरेको अल्मुताइरीले बताए । तर, फिफा वरीयातामा श्रीलंका नेपालभन्दा तल भए पनि उनीहरूविरुद्ध खेल्न सहज नहुने अल्मुताइरीले बताए ।

‘श्रीलंकाले बंगलादेशविरुद्धको खेलमा ६७ ट्याकल गरेको थियो। ती मध्ये २३ वटा फल थिए। यदि भोलि श्रीलंकाका एक खेलाडीले दुई गलत ट्याकल गरे रातो कार्ड हुन्छ। हामी यसको फाइदा लिन कोशिस गर्छौं।’ अलमुताइरीले भने।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0