प्रशिक्षक अल्मुताइरी भन्छन् : ‘नेपालले भारतसँगको खेल जित्ने सम्भावना १ प्रतिशत मात्रै छ’ ( भिडियो हेर्नुस )

फुटबल

काठमाडौं । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपमा आइतबार भारतविरुद्ध खेल्दा उनीहरूलाई सम्मान गर्ने तर डराएर नखेल्ने बताएका छन् । ‘भारत बलियो टिम हो । तर हामी भारतसँग डराउँदैनौं । कडा चुनौती दिनेछौँ ।’

आज माल्दिभ्सको मालेमा सम्पन्न पत्रकार सम्मलेनमा प्रशिक्षक अल्मुताइरीले दुई देशबीचको खेलमा समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् । ‘‘भोलि हाम्रो लागि कठिन छ । इतिहास हेर्ने हो भने भरत दक्षिण एसियली क्षेत्रकै सबभन्दा बलियो टिम हो । उनीहरूले सातपटक उपाधि जितिसकेका छन् । उनीहरू यसपटकको पनि प्रबल दाबेदार हुन्,’’ अल्मुताइरीले थपे, ‘‘भोलिको खेलमा भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ । नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्र छ । चार प्रतिशत सम्भावना बराबरी खेल्नेछ ।’’

नेपाल भारतबीचकाे खेल मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफकाे उपाधि जितिसकेको छ । तर ५ राष्ट्र सहभागी यस संस्करणकाे साफमा भने भारत सुरुवाती दुवै खेलमा बराबरीमा राेकिएकाे थियाे ।

अहिले नेपाल साफ प्रतिगोगितामा दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेशसँग बराबरीमा रोकिएको भारत चौँथो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशले भारतलाई चुनौतीपूर्ण खेलको सामाना गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0
Tagged