काठमाडौं : ललितपुरे ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै च्यासलले दुई क्यामरुनी खेलाडी अनुबन्ध गरेसँगै च्यासलले २९ कात्तिकदेखि सुरु हुने तय भएको ए डिभिजन लिगको लागि विदेशी खेलाडी संख्या तीन पुर्याएकाे हो ।
च्यासलले साेमबार क्यामरुनका कित्वा यान्निक र मौसा अबागानालाई यस सिजनका लागि क्लबमा भित्र्याएको हो । यान्निक २२ वर्षका हुन् भने मौसा २५ वर्षका छन् । यी दुवै खेलाडीले जेठमा आयोजना भएको पहिलो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थण्डर्सको प्रतिनिधित्व गरेका थिए । त्यसअघि अफ्रिकन रुट्स एसोसिएसनबाट मोफसल प्रतियोगिता खेल्न यो टोली नेपाल आएको थियो ।
सअघि च्यासलले नेपालीमूलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गरेको थियो। ए डिभिजन लिगमा सुरुवाती एघारमा दक्षिण एसियाली मुलुकका एक खेलाडीसहित चार खेलाडी प्लेईङ सेटमा खेलाउन पाइनेछ ।