जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज

टेनिस

अष्ट्रेलिया : टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ ।

मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् । सर्वियन खेलाडी जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड–१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको थियो ।

बिहीबारै अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0