ताकुमी मिनामिनाेले एक्लैले दुई गोल गर्दै लिभरपुललाई क्वाटरफाइनलमा पुर्याए

फुटबल

काठमाडौं । एफए कप अन्तर्गत आज बिहान सम्पन्न खेलमा जित हात पार्दै प्रिमियर लिग क्लब लिभरपुल क्वाटरफाइनल प्रवेश गरेकाे छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा अर्को प्रिमियर लिग क्लब नर्विच सिटीमाथि २-१ काे जित हात पारेकाे हाे ।

लिभरपुललाई जित दिलाउन दुवै गाेल ताकुमी मिनामिनाेले गर्दा नर्विचका लुकास रूपले एक गाेल फर्काए । खेलकाे २७ र ३९ औं मिनेटमा मिनामिनाेले गाेल गर्दै लिभरपुललाई २-० ले अघि बढाएका थिए ।

७६ औं मिनेटमा रूपले गाेल गर्दै नर्विचलाई खेलमा फर्काउने प्रयास गरे पनि त्याे पर्याप्त नबन्दा लिभरपुलले २-१ काे राेमाञ्चक जित हात पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍याे । अर्काे खेलमा वेस्टह्याममाथि ३-१ काे जित हात पार्दै साउथह्यामटन पनि क्वाटरफाइनल प्रवेश गरेकाे छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1