३ खेलमै १४ गोल खाएर स्वदेश फर्कियो नेपाली युवा टिम

फुटबल

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली युवा टोली बुधबार स्वदेश फर्किएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल जितबिहीन बनेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० ले हारेको थियो । दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको नेपाल समूहको अन्तिम खेलमा लेबनानसँग पनि ४–० ले पराजित बनेको थियो । जितबिहीन बनेको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।

प्रतियोगितामा सहभागि ३८ टोलीलाई ११ समूहमा विभाजन गरेर खेलाइएको थियो । प्रत्येक समूहबाट विजेता टोली र उपविजेतामध्येको उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कपमा स्थान बनाए । नेपाल सम्मिलित समूहबाट इरान विजेता र ताजिकिस्तान उत्कृष्ट चार उपविजेताभित्र स्थान बनाउँदै फाइनल चरणमा स्थान बनाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0