नेपालले आज आयोजक ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै, कस्ले मार्ला बाजी ?

फुटबल

काठमाडौं : एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध खेल्दै छ । नेपाल र ताजिकिस्तान बीचको खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार ७:४५ हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलम बलियो टोली इरानविरुद्ध ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रदा पहिलो अंकको खोजीमा हुनेछ । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ।

समूहको शीर्ष टोलीले एएफसी यु–२३ एसियन कप खेल्नेछन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

नेपाली टोलीः

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ
मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी
फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0