चेन्नईलाई हराउँदै दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

क्रिकेट

काठमाडौं । चेन्नई सुपर किङ्सलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले दिएको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाएका थिए । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित ५५ रनको अर्धशतकीय इनिङ्स खेले भने रोबिन उथप्पाले १९ तथा महेन्द्र सिंह धोनीले १८, रितुराज गाइकवाडले १३ र फाफ डु प्लेसिसले १० रन जोडे ।

बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ विकेट लिए । एनरिच नोर्किया, आवेश खान र रविचन्द्रन आश्विनले १-१ विकेट लिए । यो जितसँगै १३ खेलमा २० अंक जोडेर दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0