कतार विश्वकपमा छनौट हुने पहिलो टोली बन्यो जर्मनी

फुटबल

काठमाडौं । जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ । विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४-० गोलले हराउँदै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ हाभर्ट्ज र जमाल मुसियालाले एक-एक गोल गरे । विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी छँदा दोस्रो स्थानको रोमानियाको १३ अंक छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0