साविक विजेता वेस्ट इन्डिजको लगातार दोस्रो हार, बिश्वकपबाटै बाहिरिने खतरा

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । साविक विजेता वेस्ट इन्डिजले आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। दुबईमा मंगलबार भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

वेस्टइन्डिजले दिएको १४४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १८.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाका अइडिन मार्कमले अर्धशतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले २६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५१ रन बनाए। यसैगरी रसी भान डेर डुसेनले ४३ र रिजा हेन्डरिक्सले ३९ रनको योगदान दिए। वेस्ट इन्डिजका अकिल हुसेनले एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । वेस्टइन्डिजका काइरन पोलार्डले २६ रनको योगदान गरे । लेन्डी सिमोन्सले १६ रन बनाउँदा क्रिस गेलले १२ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले तीन विकेट लिए। यसैगरी केशव महाराजले दुई तथा कागिसो रबाडा र एन्रिज नोर्टजेले एक-एक विकेट हात पारे। जितसँगै दक्षिण अफ्रिकाले महत्वपूर्ण दुई अंक पनि जोडेको छ। समूह एकमा रहेको दक्षिण अफ्रिकाले अब श्रीलंकाको सामना गर्नेछ। वेस्ट इन्डिजले भने बंगलादेशसँग खेल्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1