न्यूजिल्याण्डको तेस्रो जित, सेमिफाइनल प्रवेश सम्भावना बलियो

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा न्यूजिल्याण्डले नामिवियालाई पराजित गर्दै तेस्रो जित निकालेको छ । नामिवियालाई ५२ रनले पराजित गर्दै न्यूजिल्याण्डले सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

सुपर १२ को समूह ‘२’ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रन मात्र बनाउन सक्यो । नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे ।

न्यूजिल्याण्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई-दुई विकेट हात पारे भने मिसेल सान्टनर, जेम्स निशान र इश सोधी एक-एक विकेट हात पारे ।

यसअघि ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय ६३ रन जोडेको थियो । जसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोडे भने जेम्स निशानले ३५ रनको योगदान गरे । त्यस्तै कप्तान केन विलियम्सन २८ रनमा आउट भए ।

यो जितसँगै न्यूजिल्याण्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नामिविया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0