अब बार्सिलोनाको प्रशिक्षक जाभी हर्नान्डेज

फुटबल

काठमाडौं । जाभी हर्नान्डेज बार्सिलोनाको प्रशिक्षक बन्ने पक्का भएको छ । अल सादले जाभीको बाटो नछेक्ने भएपछि बार्सिलोनाले नयाँ प्रशिक्षक पाउने भएको हो । जाभी हाल अल सादको प्रशिक्षक छन् । कतारी क्लब अल सादले शुक्रबार विज्ञप्ती जारी गर्दै जाभी बार्सिलोना फर्कने पुष्टी गरेको हो ।

‘जाभी बार्सिलोना फर्कने भएका छन् । उनको स्थान्तरणवापत आवश्यक क्षतिपूर्ती तिर्न बार्सिलोना सहमत भएको छ । जाभीले अल साद छाड्ने भए पनि उनी यो क्लबको इतिहासको महत्वपूर्ण हिस्साका रुपमा रहने छन् ।,’ अल सादले भनेको छ ।

जाभी सन् २०१५ सम्म बार्सिलोनामै थिए । सन् १९९७ देखि बार्सिलोनाका लागि खेल्न सुरु गरेका जाभीले त्यहाँ कुल २५ उपाधि जितेका थिए । क्याम्प नौउ छाड्नुअघि क्लब कप्तानसमेत रहेका जाभीले बार्सिलोनाको जर्सीमा ७६७ खेल खेल्दै ८५ गोल तथा १८५ असिस्टको योगदान गरेका थिए ।

जाभीले अल सादका लागि चार वर्ष खेले र त्यसपछि प्रशिक्षकको जिम्मेवारी लिए । ४१ वर्षिय जाभीको नेतृत्वमा अल सादले कतारी स्टार्स लिगसहित कुल पाँच उपाधि जित्यो । उनी रोनाल्ड कुमनको स्थान लिन आफ्नो पुरानो क्लब जान लागेका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged