नेपाली क्रिकेट भित्र राजनिती, ज्ञानेन्द्रलाई हटाएर सन्दीपलाई कप्तानीको जिम्बेवारी

क्रिकेट

काठमाडौं, मंसिर २९ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो ।

अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ । त्यसैगरी नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ ।

खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको उनीहरुको गुनासो थियो । सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण सोधेको थियो ।खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले सो निर्णय गरेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0