फेरि सुरु हुदैछ ‘ए’ डिभिजन लिग, यस्तो छ नयाँ खेल तालिका

समाचार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको बाँकी रहेका चार चरणका खेल तालिका सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ २८ गतेदेखि दशौं चरणको खेल संचालन गर्ने भएको हो। एन्फाले बाँकी खेलहरूमध्ये केही खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा पनि गर्ने भएको छ।

एन्फाका अनुसार एघारौं चरणको खेल फागुन ३ देखि र बाह्रौं चरणको खेल फागुन ७ गतेदेखि हुनेछ। अन्तिम चरणको खेल फागुन १२, १३ र १४ गते हुनेछ। त्यसअघि भोलि बुधबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको नवौं चरणको खेल हुनेछ। यसअघि कोरोना कारण यो खेल स्थगित भएको थियो।

लिगको नवौं चरणका खेल सकिदा साविक विजेता मछिन्द्र फुटबल क्लब २३ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबको १९ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
3
+1
0
+1
0
+1
0