रोनाल्डोको गोलमा म्यान्चेष्टर युनाइटेड विजयी, चौथो स्थानमा उक्लियो

फुटबल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको घरेलु मैदान ओल्ड टाफोर्डमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।

रोनाल्डोले खेलको ५१औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ९० मिनेटपछिको इन्जुरी समयमा ब्रुनो फेर्नानडेजले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए ।

यस खेलमा खेलको ५४औं मिनेटमा ब्राइटनका लेविस डुंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सिमित भएको हो । यो जितपछि म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । युनाइटेड २५ खेलपछि ४३ अंकसहित लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनले २४ खेलमा ३३ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0