श्रेयस बने शाहरुख खानको आईपीएल टोलीको कप्तान

आईपिएल क्रिकेट

काठमाडौं : शाहरुख खानको आईपीएल टोली कोलकाता नाइट राइडर्सले बुधबार श्रेयस अय्यरलाई उनको टोलीको नयाँ कप्तान घोषणा गरेको छ । कोलकाताले ट्वीटर मार्फत यसको जानकारी दिएको हो । ऐर मध्यक्रमका भरपर्दा ब्याटर हुन् । भारतीय किकेटको भविष्यको कप्तानको रुपमासमेत हेरिएको छ।

यसै साता सम्पन्न आईपीएलको मेगा अक्सनमा कोलकताले ऐरलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो। अक्सनमा ऐरलाई किन्न दिल्लीसहित लखनऊ सुपर जायन्ट, कोलकताबीच कडा प्रतिस्पधा भएको थियो।

कोलकाता श्रेयसको दोस्रो आईपीएल टीम हो । यसअघि उनी दिल्ली क्यापिटल्सको कप्तान थिए । सन् २००८ मा सौरभ गांगुली कोलकाताको पहिलो कप्तान बनेका थिए । श्रेयसको कप्तानीमा दिल्ली क्यापिटल्स २०२० मा पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो। तर, दिल्लीले नयाँ सिजनको लागि उनलाई रिलिज गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0