नेपालले मलेसिया र पीएनजीसँग घरेलु मैदानमा टी-२० सिरिज खेल्ने

क्रिकेट

काठमाडौं : नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिमदेखि नेपाल, मलेसिया र पपुवा न्यू गिनीबीच त्रिकोणात्क टी२०आई सिरिज आयोजना गर्न लागेको छ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मार्च अन्तिमदेखि टियुमा सिरिज गर्न लागेको जानकारी दिए। ‘मार्च अन्तिमदेखि सिरिज गर्ने तयारी गरेका छौं,’ उनले भने,‘यसबारे अन्य जानकारी एक दुई दिनमा दिने छौं।’

मार्च मध्यमा युएईमा आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, पपुवा न्यू गिनी र युएईबीच त्रिकोणात्मक ओडिआई सिरिज हुने तालिका छ। तर, युएई भम्रणको औपचारिक मिति भने तय भएको छैन।

क्यानले घरेलु मैदानमा यसअघि गतवर्ष वैशाखमा मलेसिया र नेदरल्यान्ड्सँग टी-२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो। उक्त सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको थियो।

टी-२० सिरिजबाहेक नेपालले पपुवा न्यू गिनीसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत खेल्ने सम्भावना छ। गत वर्ष अक्टोबरमा ओमान र युएईमा आयोजित टी२० विश्वकपमा सहभागी पपुवा न्यू गिनी अन्तर्राष्ट्रिय वरियतामा १९औं स्थानमा छ।

विश्वकपमा पपुवा न्यू गिनी बंगलादेश, स्कटल्याण्ड र ओमानसँग पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको थियो। मलेसिया वरियताको ३३ औं स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0