नेपाल र युएईबीचको खेल आज, हारको बदला लिने मौका

क्रिकेट

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्। यस अघिको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो। नेपाल १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ। १७ खेल खेलेको युएई ९ मा जित र ६ मा हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।

यसअघिको खेलमा नेपाल खराब ब्याटिङको कारण पराजित भएको थियो। नेपाल युएईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0