अल्मुताइरीविरुद्ध खेलाडीको विद्रोह, १० खेलाडीले छोडे प्रशिक्षण

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् ।मुख्य प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निर्णय गरेका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलबार बेलुका होटलबाट बाहिरिएका थिए ।

रोहितसँगै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगरलगायतका खेलाडी बाहिरिएको बताइएको छ । बाहिरिएका खेलाडी राष्ट्रिय टिमको फेसबुकको ग्रुप पनि छाडेको बताइएको छ ।

कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने ठोकुवा गरेका थिए । छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो । नेपाली टोली त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको बिजनेस होटलमा बसेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1