यू–१५ नेपाली टोली घोषणा, को को परे ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना बंगलादेशमा हुने महिला यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा गरेको छ । टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन् । महिला यू–१५ साफ च्याम्पियनसिप १५–२५ कात्तिकसम्म हुनेछ । प्रतियोगिताका लागि टोली घोषणा गर्ने क्रममा बन्दप्रशिक्षणमा ३० खेलाडी थिए । प्रशिक्षक […]

Continue Reading

कस्तो अचम्म ! इन्डोनेसियाले १३३ जनाको मृत्यु भएको रंगशाला भत्काउने

एजेन्सी : इन्डोनेसियाका राष्ट्रपति जोकोविडोडो केही दिनअघि भागदौडमा १३३ जनाको ज्यान गएको फुटबल रंगशाला भत्काएर पुनर्निर्माण गर्ने बताएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका प्रमुख जियानी इन्फान्टिनोसँग भेटपछि पत्रकारसँगको कुराकानीमा राष्ट्रपति विडोडोले यस्तो घोषणा गरेका हन् । ‘हामी मलङस्थित कान्जुरुहान रंगशालालाई भत्काउनेछौँ र फिफाको मापदण्ड अनुसार पुनर्निर्माण गर्नेछौं,’ जोकोवीले भने ,‘हामी इन्डोनेसियाली फुटबललाई पूर्ण […]

Continue Reading

पिएसजी छोड्न चाहन्छन् एम्बाप्पे !

काठमाडौँ । किलियन एम्बाप्पे र पिएसजीबीच सम्बन्ध बिग्रिएको रिपोर्ट बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार किलियन एम्बाप्पेले आगामी जनवरी ट्रान्सफर विन्डोमा क्लब छोड्ने अनुमति मागेका छन् । यस सिजनको सुरुवातमा पिएसजीसँग सम्झौता नवीकरण गरेका एम्बाप्पेले क्लब छोड्ने तयारी गरेको बताइएको छ । एम्बाप्पेले रियल म्याड्रिडको प्रस्ताव अस्वीकार गर्दै पिएसजीमै रहने गरि सम्झौता नवीकरण गरेका […]

Continue Reading

नोरा फतेहीले फिफा विश्वकपमा प्रस्तुति दिने

काठमाडौं : नोरा फतेही ग्लोबल आइकन हुन् । नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन् । नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छिन् । उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन् । योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छिन् । […]

Continue Reading

३५ वर्षीय मेसि भन्छन् : ‘कतार विश्वकप मेरो अन्तिम हो, यसपटक बिश्वकप जिताउँछु’

एजेन्सी । लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने बताएका छन् । ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् । मेसीले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यसक्रममा उनले विश्वकपका १९ खेल खेले । ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा […]

Continue Reading

मेसि र रोनाल्डोलाई पछि पार्दै २३ वर्षीय एमबाप्पे बने सर्वाधिक कमाउने फुटबलर

काठमाडौ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड कायलियन एमबाप्पे सर्वाधिक कमाउने फुटबलर बनेका छन् । फ्रेन्च फुटबलर एमबाप्पे पहिलो पटक सर्वाधिक कमाउने फुटबलर बनेको फोर्ब्सले जनाएको छ । बीबीसीले जनाएअनुसार अर्जेन्टिनी तथा पीएसजीकै फरवार्ड लियोनल मेस्सी तथा पोर्चुगल र म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोबाहेक ९ वर्षमा पहिलो पटक अन्य कुनै खेलाडी सर्वाधिक […]

Continue Reading

नेपाल आउनु अगाडि अमेरिकाको फ्लोरिडा थिए सन्दीप

काठमाडौ । करिब एक महिनाअघि बलात्कार अभियोग लागेका सन्दीप लामिछाने तत्कालीन समयमा क्यारेबियन प्रिमियर लिगका लागि जमैकामा थिए। तर उनी त्यहाँ पुगेलगत्तै बलात्कारको आरोप लागे पनि तत्काल नेपाल भने फर्किएनन्। यो बीचमा प्रहरीले लामिछाने नफर्किएपछि इन्टरपोलमार्फत सूचना जारी गरेको थियो। गत २३ भदौमा उनलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी जारी गरेको थियो। त्यसलगत्तै […]

Continue Reading

आफै आएका सन्दीपलाई हथकडी लगाएको भन्दै चर्को आलोचना

काठमाडौ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो । बिहीबार नेपाल उत्रिएलगतै सन्दीपलाई प्रहरीले एयरपोर्टबाटै हतकडी लगाएर गौशाला प्रहरी वृत्त लगेपछि सामाजिक सञ्जालमा भने उनलाई […]

Continue Reading

अमेरिकामा लुकेर बसेका थिए सन्दीप नेपाल फर्किए लगत्तै हातमा लाग्यो हथकडी

काठमाडौं : नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर गौशाला लगेको हो। उनलाई हतकडी लगाएर लगिएको प्रहरीले जनाएको छ। सन्दीपले आफ्नो […]

Continue Reading

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको भागदौडमा १२७ जनाको मृत्यु

एजेन्सी : इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् । पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले […]

Continue Reading