टोकियो ओलम्पिकमा नेपालकी सरस्वतीले भोलि प्रतिस्पर्धा गर्दै

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ अन्तर्गत नेपाली खेलाडीको अन्तिम प्रतिस्पर्धा भोलि शुक्रबार विहान हुँदैछ। महिला सय मिटर दौडमा नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन्। नेपाली समयअनुसार विहान ५:५० बजे हुने प्रतिस्पर्धामा सरस्वती दोस्रो हिटमा छिन् । यो हिटमा साउदी अरेबिया, इरान, ग्वाम, चाइनिज ताइपेई, मोनाको, मलेसिया र लाओसका खेलाडी […]

Continue Reading

ओलम्पिक फुटबलको क्वाटरफाईनल खेल्ने टिम तय, यस्तो छ क्वाटरफाईनल खेलको समिकरण

काठमाडौं : बुधबार समुह चरणका अन्तिम खेलहरु सकिएसँगै टोकियो ओलम्पिक फुटबलको क्वाटरफाइनलको समिकरण पुरा भएको छ । समूह ’डी’ अन्तर्गत अघिल्लो विजेता ब्राजिल समूहका पहिलो भएर अन्तिम ८ मा पुगेपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो । समुह ए बाट क्वाटरफाइनलमा आयोजक जापान र मेक्सिको पुगेका छन् । जापानले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित […]

Continue Reading

कोपा अमेरिका विजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरियो

एजेन्सी। कोपा अमेरिका विजेता टोकियो ओलम्पिकको पुरुष फुटबलबाट अर्जेन्टिना बाहिरिएको छ । बुधबार सम्पन्न समुह चरणको खेलमा स्पेनसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिना समुह सी मा ४ अंकसहित तेस्रो हुदै ओलम्पिकबाट समुह चरणबाट बाहिरिएको हो । अर्जेन्टिना र इजिप्टको समान चार अंक भएपनि गोलअन्तरमा अर्जेन्टिना बाहिरिएको हो। समूह ‘सी’बाट स्पेनले विजेता र इजिप्टले उपविजेता बन्दै […]

Continue Reading

विश्व विजेता फ्रान्स ओलम्पिकको समूह चरणबाटै बाहिरियो

एजेन्सी। टोकियो ओलम्पिकको पुरुष फुटबलमा विश्व विजेता फ्रान्सको यात्रा समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै आयोजक जापान भने क्वाटरफाइनलमा पुगेको छ । बुधबार सम्पन्न समुह चरणका अन्तिम खेलमा आयोजक जापानले फ्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै समुह चरणका तिनै खेल जितेर क्वाटरफाइनलमा पुगेको छ । जापानले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थान […]

Continue Reading

किर्तिमान बनाएपछि गौरिकाले भनिन् : ‘राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा एकदम खुशी छु’

काठमाडौं : नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकअन्तर्गत सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। आफ्नो हिटमा तेस्रो भएकी गौरिकाले यसअघि उनकै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन्। यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ को समय निकाल्दै लङ कोर्षमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी […]

Continue Reading

टोकियो ओलम्पिकमा गौरिकाको किर्तिमान

काठमाडौं, साउन १३ : टोकियो ओलम्पिक २०२० अन्तर्गत सय मिटर ‘फ्रिस्टाइल’मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । यसअघि गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा १: ००.६२ […]

Continue Reading

टोकियो ओलम्पिकमा आज नेपालकी गौरिकाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । जारी टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । गौरिका हिट वानमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् । गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा […]

Continue Reading

टोकियो ओलम्पिकमा नेपाली खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ । ७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

Continue Reading

जापानकी १३ वर्षकी खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास बनाइन्

काठमाडौं, साउन ११ : टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया मोमिजी निशियाले स्वर्ण जित्दै नयाँ इतिहास बनाएकी छिन् । उनले महिला स्ट्रिट स्केट बोर्डिङमा स्वर्ण जितेकी हुन् । उनी ओलम्पिकको इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छिन् । स्केटबोर्डमा १३ वर्षकै उमेरमा स्वर्ण जित्ने मोमीजी पहिलो खेलाडी हुन् । ओलम्पिकमा सबैभन्दा […]

Continue Reading

टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ अर्जेन्टिनाको पहिलो जित

काठमाडौं । टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ फ्रान्स र अर्जेन्टिनाले पहिलो जित हात पारेका छन् । समुह ‘ए’ को खेलमा फ्रान्सले दक्षिण अफ्रिकालाई ४–३ ले हराउँदा जापानले मेक्सिकोमाथि २–१ को जित निकाल्यो । यसैगरी समुह ‘बी’ को खेलमा दक्षिण कोरियाले रोमानियालाई ४–० ले पराजित गर्दा होण्डुरसले न्युजिल्याण्डमाथि ३–२ को जित निकल्यो । समुह ‘सी’ का खेलहरुमा […]

Continue Reading